जयशंकर भेट्न होटलमै पुगे भट्टराई र यादव
भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टी नेपालका नेता एवम पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री उपेन्द्र यादव द्वारिका होटल नै पुगेका छन् ।
विदेश मन्त्री जयशंकरले भेट्न बोलाएपछि भट्टराई र यादव होटलनै पुगेका हुन् । भेटपछि भट्टराईले ट्वीट गर्दै दुई देशको सम्बन्धबारे छलफल भएको उल्लेख गरेका छन् ।
जयशंकरले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरे । सभापति देउवा पनि द्वारिका नै पुगेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल भने द्वारिका गएनन् । प्रोटोकल नमिल्ने भन्दै दाहाल र नेपाल होटल नगएका हुन् ।
जयशंकर बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।