समाचारबिहिबार, ५ भाद्र , २०७६

रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने जिम्मेवारी दिएकी हुन् ।

पोखरेललाई कार्यवाहकको पत्र राष्ट्रपति कार्यालयले दिइसकेको छ ।

 

याे पनिः सिंगापुरबाटै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राख्ने !

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

प्रतिकृया दिनुहोस