जयशंकरले राष्ट्रपति भण्डारीलाई भेटे
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री जयशंकर शितल निवास पुगेका थिए । राष्ट्रपति भण्डारीलाई भेट्नुअघि जयशंकर पशुपतिनाथ पुगेका थिए । त्यहाँ जयशंकरले पारिपातको विरुवा रोपेका थिए ।
नेपाल भारत संयक्त बैठकका क्रममा काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै भेटवार्ता गरिसकेका छन् । जयशंकर बिहीबार नै स्वदेश फर्कदैछन् ।