सिंगापुरबाटै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राख्ने !
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्य सञ्चालन कार्यविधि संशोधन गरेको छ ।
संशोधित कार्यविधिअनुसार अव मन्त्रिपरिषद बैठक बस्न प्रधानमन्त्री बैठकस्थलमै भइरहनु पर्दैन । यसअघि प्रधानमन्त्री देश बाहिर हुँदा कार्यबाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राख्ने गरिन्थ्यो ।
तर, कार्यविधि संशोधन भएपछि भने प्रधानमन्त्री जहाँ भएपनि मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीले नै बोलाउन सक्छन् ।
अब भिडियो कन्फ्रेन्समार्फत् प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाउन सक्नेछन् । स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नु अघिल्लो दिन बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि संशोधन गरेकाे छ ।
संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री ओलीले अब सिंगापुरबाटै मन्त्रिपरिषद बैठक बोलाउन सक्छन् । त्यसो हुँदा नेपालमा दिइएको कार्यबाहक प्रधानमन्त्रीले मन्त्रिपरिषदको अध्यक्षता गर्न पाउदैनन् ।