बरियताका लागि नेपाल अफगानिस्तानसँग भिडदै
एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको नेपाल बरियताका लागि बिहीबार अफगानिस्तानसँग खेल्दैछ ।
खेल दिउँसो तीन बजे शुरु हुनेछ । नेपाल र अफगानिस्तान दुवै आ–आफ्नो समूहमा तेस्रो भएका हुन् । दुवै टीम प्रतियोगिताबाट बाहिरिएपनि पाँचौं बरियताका लागि प्रतिश्पर्धा हुनेछ ।
नेपालले समूह चरणको दुवै खेलमा पराजय भोगेको छ भने अफगानिस्तानले बंगलादेशलाई पराजित गरेको थियो ।