थप समाचारबिहिबार, ५ भाद्र , २०७६

बलात्कारको मुद्दा पैसामा मिलाउन खोज्ने १० जना पक्राउ

हिमालखबर

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडित पक्ष र फरार अभियुक्तसहित बाँकेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

कोहलपुर नगरपालिका–११ की छ वर्षीया बालिकाको गत २१ असारमा गते बलात्कार भएको थियो ।

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग चार लाख लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुबै पक्षका १० जनालाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए ।

प्रतिकृया दिनुहोस