थप समाचारबुधबार, ४ भाद्र , २०७६

रवि लामिछानेको समर्थन गर्दै अध्यक्ष दाहाललाई अपशब्द लेख्ने पक्राउ

हिमालखबर

टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अपशब्द लेखेको भन्दै प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।

चितवन माडीका अर्बिन गुरुङले अध्यक्ष दाहाल, चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल र भरतपुर महानगरकी प्रमुख रेण दाहालविरुद्ध अपशब्द लेखेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई हिरासतमा लिएर चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई हिरासतमा राखिएपछि चितवनमा दिनहु प्रदर्शन भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस