रवि लामिछानेकी पत्नीले दिइन् प्रहरीविरुद्ध नै जाहेरी
पत्रकार शालिकराम पुडासैनीको भिडियो कीर्ते गरको अभियोगमा प्रहरीविरुद्ध नै जाहेरी लिएर टेलिभिजन प्रस्तोता रवि लामिछोनकी पत्नी जिल्ला प्रहरी कार्यालय काठमाडाै पुगेकी छन् ।
रविकी पत्नी निकिता पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालालाई भिडियो कीर्तेको आरोप लगाएका छन् ।
तर, जाहेरी भने प्रहरीले दर्ता गरिसकेको छैन । २० साउनमा पत्रकार पुडासैनीले आत्महत्या गरेको प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।