साफ यू–१५ मा भारतसँग नेपाल पराजित
भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । पहिलो खेलमा नै नेपाल भारतसँग ५–० फराकिलो गोल अन्तरले पराजित भएको हो ।
छैटौं मिनेटमै अग्रता लिएको भारतले पहिलो हाफ अगाडि नै दुई–शून्यको अग्रता निकालेको थियो । ४३औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो ।
दोस्रो हाफको ५०औं मिनेट र ५६औं मिनेटमा लगातार गोल गरेको भारतले खेलको अन्तिम समय पाँचौं गोल गर्दै शानदार जित निकाल्यो ।