बुटवल, पाल्पा लगायतका स्थानमा फेरि आन्दोलन शुरु
५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने गरी दर्ता भएको संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले ती जिल्लाहरुमा तीनदिने आम हड्ताल गरेका छन् ।
१४ देखि २५ मंसीर सम्म चलेको आन्दोलनले जनजीवन अस्तव्यस्त बनाएपछि आन्दोलनको स्वरुप फेरिएकोमा विधेयक अझै फिर्ता नभएको भन्दै जिल्लामा सक्रिय दलहरु र उद्योग वाणिज्यसंघ लगायतका संस्था सम्मिलित संयुक्त संघर्ष समितिले आज, १ पुस विहानैदेखि बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाहरु ठप्प पारी प्रदर्शन गरिरहेका छन् ।
गुल्मी जिल्ला त प्रस्ताव दर्ता भएकै दिनदेखि निरन्तर बन्द छ ।
दीपक ज्ञवाली, बुटवल