समाचारबुधबार, ४ भाद्र , २०७६

भारतीय विदेश मन्त्री नेपाल आइपुगे, प्रधानमन्त्री ओलीलाई भेट्दै

हिमालखबर

भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनलाई स्वागत गर्न परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतयि राजदूत मञ्जिवसिंह पुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विदेशमन्त्री जयशंकर बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेल हुन नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् ।

त्यसअगाडि विदेश मन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

जयशंकरले नाकाबन्दीबारे नेपाल भ्रमणमा 'पश्चाताप' गर्नुपर्छः मेहता

भारतीय विदेशमन्त्री नेपाल आउँदै

प्रतिकृया दिनुहोस