गड्डाचौंकीमा एनआईसी एसियाको शाखा
कञ्चनपुरको भीमदत्त नगरपालिका–१, गड्डाचौंकीस्थित भन्सार कार्यालयलाई नगदरहित बनाउन एनआईसी एसियाशाले शाखा बिस्तार गरेको छ ।
यो शाखाले नेपाल–भारत सीमास्थित भन्सार कार्यालयको कामकार्बाही सहज हुने भन्सार विभागका निर्देशक शिशिर घिमिरे बताए । बिस्तारित शाखाले नेपाल–नेपाल सीमास्थित भन्सार कार्यालयबाट आयात तथा निर्यातमा सहयोग पुग्ने निर्देशक घिमिरेले बताए ।
एनआईसी एसियाले मुलुकभर २९५ शाखा कार्यालय, ३३८ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित कार्यालय बिस्तार गरिसकेको छ ।