पेस्तोल देखाएर ३ लाख लुटियो
कपिलवस्तु नगरपालिका–१ को सिकोटवा जाने बाटोमा अपरिचित व्यक्तिले पेस्तोल देखाएर तीन लाख लुटेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकबाट पैसा झिकेर बुद्धभूमि नगरपालिका वडा–१० विजगौरीतर्फ जांदै गरेका कुवेर धोवीलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर लुटपाट गरेका हुन् ।
लुटेराको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
-गोपाल भण्डारी, कपिलवस्तु