नेकपा सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसाे तीन बजे बोलाइएको छ ।
मंगलबार दिउँसो तीन बजे बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपामा महानगरका अध्यक्ष र सचिव, प्रवास अनि केन्द्रीय निकायको जिम्मेवारी तोक्न बाँकी छ ।
नेकपामा केन्द्रीय निकाय अन्तर्गत अनुशासन आयोग, निर्वाचन आयोग, वित्त आयोग, ज्येष्ठ मञ्च र सल्लाहकारी मञ्चको संरचनामा छ । यसबाहेक बरिष्ठ नेता माधवकुमार नेपालको असहमतिपत्र र प्रभु साहको राजीनामाबारे समेत बैठकमा छलफल हुनेछ ।