खेलकुदमंगलबार, ३ भाद्र , २०७६

किर्गिस्तानसँग माल्दिभ्स पराजित, नेपाललाई इतिहास रच्ने आश

हिमालखबर

एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगिताको मंगलबार सम्पन्न तेस्रो खेलमा किर्गिस्तानसँग सोझो सेटमा माल्दिभ्स पराजित भएको छ ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको किर्गिस्तान दोस्रो जित निकाल्दै समूह विजेतासहित सेमीफाइनल प्रवेश गरेको छ ।

किर्गिस्तानले २५–१५, २६–२४ र २५–१९ को जित निकाल्दै ३–० को सेटमा माल्दिभ्सलाई पराजित गरेको हो । किर्गिस्तानले लगातार दुवै टीमलाई पराजित गरेपछि सेमिफाइनल पुग्ने दोस्रो टीम भने बुधबारको खेलबाट टुंगो लाग्नेछ ।

पहिलो खेलमा पराजित भएको नेपालले माल्दिभ्ससँग जित निकाले सेमिफाइनलको बाटो तय गर्नेछ । घरेलु मैदानमा जारी खेलमा नेपाल ऐतिहासिक यात्रा पार गर्ने दाउमा छ ।

प्रतिकृया दिनुहोस