बौद्धमार्गी कोरियालीलाई नेपाल ल्याऔंः राजदूत पार्क
दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकलाई लक्षित गर्दै एक दिने गाइड तालीमको आयोजना गरिएको छ ।
तालीम कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एशोसिएसन अफ नेपालको आयोजना र काठमाडौंस्थित कोरियाली दूतावासको सहयोग नेपाल पर्यटन बोर्डको परिसरमा भएको थियो । तालीममा ६४ जना सहभागी थिए ।
तालीम उद्घाटनको अवसरमा बोल्दै कोरियाली राजदूत पार्क योङ सिगले नेपाल हेर्न बर्षेनी हजारै कोरियाली पर्यटक आउने भएकाले उनीहरूको सहज घुमघाम र सुरक्षाका लागि गाइड तालिम आवश्यक भएको बताए ।
“अर्को याद गर्नुपर्ने कुरा, कोरिया बौद्धमार्गीको संख्या उल्लेख्य छ, उनीहरू बुद्धभूमीमा ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान हुन सक्छ”, उनले भने ।
तालीम आयोजक कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एशोसिएसन अफ नेपालका अध्यक्ष अमर शाही कोरियाली पर्यटकलाई नेपालको सुन्दरताले मोहित बनाएको भन्दैं बढीभन्दा बढी पर्यटक भित्र्याउन सबै क्षेत्रबाट प्रयास गरिनुपर्ने बताउँछन् ।
“भिजिट नेपाल २०२० सफल बनाउन पनि यस्ता तालीम जरुरी छ, यसका राजदूतहरूसँग थप सहकार्य गर्नुपर्ने देखिन्छ”, शाहीले भने ।