रवि लामिछानेसहित तीन जनालाई फेरि पाँच दिन म्याद थप
टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ ।
पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान र वयान लिइसकेपछि मंगलबार तीन जनालाई जिल्ला अदालत चितवनमा हाजिर गराइएको थियो ।
पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत रिर्पोटसहित म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो ।
अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको समय थप गरिदिएको छ ।