१२ भदौदेखि जापान उडान निश्चित
नेपाल वायुसेवा निगमले आगामी १२ भदौदेखि जापान उडान शुरु हुने निश्चित भएको छ । नेपाल वायुसेवा निगमले गरेको पत्रकार सम्मेलनमा निगमका अध्यक्ष मदन खरेलले जापानको ओशाखा उडान सुरु हुने जानकारी दिए ।
निगमले गत वर्ष खरीद गरेका वाइड बडी बिमानबाट साताको तीन दिन ओशाखा उडान गर्न लागेको हो । रु २४ अर्बको लागतमा ल्याएका वाइड बडी विमान लामो सेक्टरमा उडाउन नसकेको भन्दै निगम व्यवस्थापन आलोचित थियो ।
मार्केटिङका बाबजुत यात्रुको संख्या बढाउन नसकेको बाणिज्य निर्देशक टंक दाहाल बताए । उनले पहिलो उडानमा १५० जना यात्रु जापान जाने जानकारी दिए । खरेलले आगामी माघभित्र जापानको अर्को शहर नारिता उडान गर्ने बताए । जापान उडानका लागि निगमले गत वर्ष पुसमा कार्यालय स्थापना गर्दै तयारी सुरु गरेको थियो ।
यसअघि असारमा पनि जापानको ओशाखा उडान गर्ने घोषणा गरेर यात्रु नपाए पछि सेवा सुरु गर्न सकेको थिएन । निगमका बाणिज्य निर्देशक दाहालले उडान गर्ने दिन नजिकिदाँ पनि बजारमा निगमको विमान उड्छ उड्दैन भन्ने विश्वास हुन नसक्दा प्रयाप्त टिकट बिक्रि हुन नसकेको बताए ।