तयारी नपुगेको भन्दै नेकपा बैठक स्थगित, बालुवाटार पुगेका नेताहरु फर्किए
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित गरिएको छ ।
तयारी नपुगेको भन्दै तीन बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको हो । बैठक स्थगित भएपछि बालुवाटार पुगिसकेका सचिवालय सदस्यहरु फर्किएका छन् । स्थगित भएको बैठक बुधबार बिहान एघार बजे बोलाइएको छ ।
बैठकमा बाँकी रहेको एकीकरण प्रक्रियालाई टुंग्याउने तयारी गरिएको थियो । नेकपा महानगरका अध्यक्ष र सचिव, प्रवास अनि केन्द्रीय निकायको जिम्मेवारी दिन बाँकी छ ।
नेकपाको केन्द्रीय निकाय अन्तर्गत अनुशासन आयोग, निर्वाचन आयोग, वित्त आयोग, ज्येष्ठ मञ्च र सल्लाहकारी मञ्चको जिम्मेवारी ताेक्न बाँकी छ ।