मोदी र खानसँग कश्मीरको तनाव हल गर्न ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई शान्तिपूर्ण वार्तामा जुट्न आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खनाललाई तनावपूर्ण अवस्थाबाट मुक्त हुन आग्रह गरेका छन् ।
ट्रम्पले दुवै प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, “दुवै मेरा असल मित्रहरु, कश्मीरको तनावपूर्ण अवस्थालाई शान्तिपूर्ण वार्ताबाट हल गर्नुहोस् ।”
भारत सरकारले संविधानको धारा ३७० खारेज गरेपछि कश्मीरको अवस्था अझै सामान्य हुन सकिरहेको छैन ।