रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो
थप गरिएको समय सकिएपछि टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई अदालत लगिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले थप गरेको पाँच दिनको म्याद सकिएपछि तीनै जनालाई अदालत लगिएको छ ।
प्रहरीले सोमबार तीनै जनालाई छुट्टा–छुट्टै वयान लिएको थियो । अदालतले म्याद थप वा मुद्दा दर्ता मध्ये एक निर्णय दिनेछ ।