३ बजे नेकपा सचिवालय बैठक, माधव नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो तीन बजे बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा बाँकी रहेको एकीकरण प्रक्रियालाई टुंग्याउने तयारी गरिएको छ । जिम्मेवारी तोक्न बाँकी महानगरका अध्यक्ष र सचिव, प्रवास अनि केन्द्रीय निकायबारे आज निर्णय हुनेछ ।
नेकपाको केन्द्रीय निकाय अन्तर्गत अनुशासन आयोग, निर्वाचन आयोग, वित्त आयोग, जेष्ठ मञ्च र सल्लाहकारी मञ्चबारे निर्ण हुन बाँकी छ । मंगलबारकै बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका छन् ।
आइतबारको सचिवालयले गरेको केही निर्णयमा नेता नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् ।