अब कर्मचारीको उमेर हद ६० वर्ष
संघीय निजामति सेवा गठन, सञ्चालन शर्त सम्बन्धमा बनेको विधेयकले कर्मचारीको उमेर हदलाई हेरफेर गर्ने प्रावधान राखेको छ ।
संसदमा दफावर छलफलका लागि पेश गरिन लागेको यो विधेयकले कर्मचारीको उमेर हद ६० वर्ष हुनुपर्ने प्रावधान राखिएको छ । ५८ वर्षे उमेर हद कायम रहेकोमा अब यो प्रावधान पारित भए ६० वर्षसम्म निजामति कर्मचारीमा हरने व्यवस्था हुनेछ ।
तर, यो प्रावधान २०२१ पछि जन्मिएकालाई मात्रै लागू हुनेछ । २०४८ पछि कर्मचारीको उमेर हद ५८ मा झारिएको थियो ।