प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बोलाएका छन् ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीलाई बैठकमा बोलाइएको छ ।
बैठकको एजेण्डा भने टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न भनेर बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए ।