प्रदेश अध्यक्षबाट प्रभु साहको राजीनामा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईका अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् ।
साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै राजीनामा बुझाएको जनाएका छन् । साहले आफूलाई प्रदेश संगठनकाे काम गर्न नदिइएको भन्दै राजीनामा बुझाएका छन् ।
प्रदेश सदस्य चयनमा सल्लाह नगरिएको, जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम रोकिएकोजस्ता कारण देखाएर साहले पदबाट राजीनामा बुझाएका छन् ।
तर, उनी स्थायी कमिटीका दावेदार भएपनि एकता प्रक्रियालाई टुंगोमा लैजान सहयोग गर्ने भन्दै प्रदेश अध्यक्षमा चित्त बुझाएका थिए ।