अझै खुलेन पूर्व–पश्चिम राजमार्ग
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा अवरुद्ध राजमार्ग अझै खुलेकाे छैन ।
अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’ पनि आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो ।
अहिले पनि खोलामा पानीको मात्रा बढिरहेकाले ‘डाइभर्सन’ मर्मतको काम प्रभावित भएको छ ।
डाइभर्सन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालयले नवलपुरले बताएकाे छ ।
खाेलामा पानीकाे वहाव ठूलाे भएका कारण मर्मतमा समस्या भएकाे बताइएकाे छ ।