पाँच वर्षसम्म सरकार फेरिन्नः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्मा बीच भएको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताए ।
अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफल बनाउन लागिपर्ने बताए ।