समाचारसोमबार, २ भाद्र , २०७६

विदेशमन्त्री बनेपछि जयशंकर पहिलो पटक नेपाल आउँदै

हिमालखबर

भारत सरकारको विदेशमन्त्री बनेपछि पहिलो पटक एस जयशंकर नेपाल आउने कार्यक्रम तय भएको छ । विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका र नेपाली मामलाबारे सम्वाद गरेका जयशंक यस पटक विदेश मन्त्रीका रुपमा नेपाल आउने भएका छन् ।

विदेशमन्त्री जयशंकर बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेल हुन नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् ।

बैठकमा  द्विपक्षीय सम्बन्धसहित आर्थिक, ब्यापार तथा पारवहन, ऊर्जा, शिक्षालगायतबारे छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस