नेपाल श्रीलंकासँग एक रनले पराजित
नेपाल एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा श्रीलंकासँग एक रनले पराजित भएको छ ।
३० मंसिरमा श्रीलंकाको कोलम्बोमा भएको खेलमा अन्तिम ४ बलमा २ रन आवश्यक रहदा दिपेन्द्र सिंह ऐरी ९० रनमा आउट भए । उनलाई श्रीलंकाका पी. जयविक्रमाले एलबीडब्लूको धरापमा पारेका थिए ।
२२७ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेको थियो । ९६ बल खेलेर ८४ रनको व्यक्तिगत स्कोरमा रहेका ऐरीले अन्तिम ओभरको पहिलो बल डट खेलको थिए । पी. जयविक्रमाको दोस्रो बलमा छक्का हानेका ऐरी तेस्रो बलमा आउट भए ।
नेपालको सुरुवात राम्रो रहेन । पहिलो ओभरमा ओपनर एस.सुनार सन्दीप सुनार (२) र तेस्रो ओभरमा आरिफ सेख (१)लाई ५ रनमै गुमाएको थियो । भीम सार्की ८ रन बनाएर आउट भए भने अदिल खान (३९) र दिपेन्द्र सिंह ऐरीले पारी सम्हालेका थिए । नेपालका लागि प्रकाश केसीले १४, अभिनाष कर्णले ४० रन बनाए पनि त्यसपछिका चार विकेट लगतार झरे ।
यस अघि श्रीलंकाले बोयगोडा हसिस्थाको ८३ रनको पारीमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । नेपालका लागि कमलसिंह ऐरीले ३, पवन सर्राफले २ र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
त्यस्तै अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई, भारतले मलेसियालाई र पाकिस्तानले सिङ्गापुरलाई पराजित गर्दै दुई/दुई अंक प्राप्त गरेको छ । नेपालको अर्को खेल १ पुषमा भारतसँग खेल्ने छ ।