लेष्टर सिटीसँग चेल्सीले अंक बाड्यो
इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीसँग चेल्सीले अंक बाडेको छ । आफ्नो दोस्रो खेलमा लेष्टर सिटीसँग चेल्सीले एक–एक गोलको बराबरी खेल्यो ।
लेष्टरले चेल्सीको घरेलु मैदानमा हराउने रणनीतिमा मैदान उत्रिएको चेल्सीको खेलको शुरुवातमै अग्रता बनाएको थियो । चेल्सीका लागि मासन माउन्टले खेलको सातौं मिनेटमै गोल गरेका थिए ।
तर, खेलका अन्त्यसम्म अग्रता जोगाउन सकेन । पहिलो हाफ एक–शून्यको अग्रतामा रहेको चेल्सीविरुद्ध लेष्टर सिटीले ६७औं मिनेट गोल फर्कायो । यसपछि भने दुवै पक्षबाट गोल हुन सकेन । खेल बराबरीमा सकियो ।