द ब्रिटिस कलेजकोे योङ इन्टरप्रेनर्स सोसाइटी
द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीको नविन व्यावसायिक सोचलाई व्यवसायमा रुपान्तरण गर्ने उद्देश्यले योङ इन्टरप्रेनर्स सोसाइटी (एस) स्थापना गरेको छ ।
३० मंसिरमा कलेजले आयोजना गरेको विशेष कार्यक्रममा उद्यमी राजेन्द्र खेतानले सोसाइटीको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उद्यमी खेतानले नेपालमा व्यवसायीक सम्भावना तथा बस्तुको माग र आपूर्तिको अवस्थाको बारेमा योङ इन्टरप्रेनर्स सोसाइटीमा आवद्ध विद्यार्थीलाई जानकारी दिएका थिए ।
कलेजका डाइरेक्टर महेन्द्र कँडेल र प्रिन्सिपल माइकल बान्र्सले विद्यार्थीको अभियानको स्वागत गर्दै यस्ता सिर्जनात्मक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
योङ इन्टरप्रनेर्स सोसाइटीको स्थापना स्नातकोत्तर तहका विद्यार्थी सुभद्रश्री राजभण्डारी, कृष्णबहादुर सिंह, सफल श्रेष्ठ र आह्वान श्रेष्ठले गरेका हुन । उनीहरुले सोसाइटीको उद्देश्य र यसले भविष्यमा गर्ने कार्यक्रमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । उद्यमी खेतानलाई सोसाइटीको पहिलो सदस्यको रुपमा स्वागत गरिएको थियो ।
द व्रिटिश कलेजले बेलायतको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट इङ्ग्ल्याण्डको सम्बन्धनमा बिबिए, बिएस्सी कम्प्युटीङ, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबिए र एमबिए (एक्जुकेटिभ) लगायतका अन्तर्राष्ट्रिय स्तरका डिग्रीहरु नेपालमै अध्यापन गराउँदै आएको छ ।