शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
बहुविवाहसम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उनले उच्च अदालत हुँदै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
फिल्म निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।
उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन् । उनले छवि र शिल्पा दुवैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।
सर्वोच्चले दुवै पक्षलाई १५ भदौमा छलफलका लागि बोलाएको छ।