अन्तिम सेना र अन्तिम गोली रहेसम्म कश्मीरका लागि लड्छौंः पाकिस्तान
कश्मीरको विशेषाधिकार खोस्ने निर्णय लिएका भारतविरुद्ध पाकिस्तानबाट कडा प्रतिक्रिया आउने क्रम जारी छ । पाकिस्तानले कश्मीरका लागि अन्तिम सेना र अन्तिम गोली रहँदासम्म लडेन बताएको छ ।
पाकिस्तानको विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तानी सेना भारतसँग टक्कर लिन तयार रहेको बताएका छन् । उनले भनेका छन्, “हाम्रा सवै संस्था भारतविरुद्ध लड्न पूर्ण रुपमा तयार अवस्थामा छ ।”
कश्मीरबारे बसेको पाकिस्तानको विशेष समिति बैठकमा विदेशमन्त्री कुरैशीले कश्मीरका लागि पाकिस्तानका अन्तिम सेना र अन्तिम गोली रहेसम्म लड्ने बताएका थिए ।
भारतीय संसदमा सत्तारुढ भारतीय जनता पार्टीका सांसदहरुले पाकिस्तान नियन्त्रित कश्मीर पनि खोस्नुपर्ने धारणा राखेका थिए ।