सिटीकै मैदानमा टोटनह्यामले अंक खोसे
इंग्लिस प्रिमियर लिगको शनिबार भएको खेलमा म्यान्चेष्टर सिटी र टोटनहामले २–२ को बराबरीमा खेलेका छन् ।
सिटीको घरेलु मैदानमा बराबरीमा खेल्दै टोटनह्यामले एक अंक खोसेको छ । सिटीले दुई पटक अग्रता लिएपनि टोटनहाम बराबरीमा फर्किएको थियो ।
२०औं मिनेटमा सिटीले गोल गर्दै अग्रता लिएको थियो । तर, त्यसको तीन मिनेट पनि नबित्दै टोटनह्यामका सजियो अगुएरोले गोल फर्काए ।
३५औं मिनेटमा सर्जियो अगुएरोको गोलमा २–१ को अग्रता लिएको सिटीलाई दोस्रो हाफको ५६औं मिनेटमा टोटनह्यामले बराबरीमा रोके । त्यसपछि थप गोल हुन नसकेपछि अंक बाँडिएको हो ।