लुका मोड्रिचले रातो कार्ड पाएपनि रियलको विजयी शुरुवात
स्पेनिस ला लिगा फुटवलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । सेल्टा भिगोलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले विजयी शुरुवात गरेको हो ।
रियलका लागि करिम बेञ्जिमा, टोनी क्रुस र लुकास भाजक्वएजले गोल गरेका थिए । सेल्टाबाट भने इकर लोसडाले जवाफी एक गोल मात्रै फर्काउन सफल भए ।
रियलले पहिलो हाफको १२औं मिनेटमै गोल गरेको थियो । बेञ्जिमाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६औं मिनेटमै लुका मोड्रिचले रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित भएपनि रियलले दुई गोल थप ग-यो ।
६१औं मिनेटमा टोनी क्रुस र ८०औं मिनेटमा भाजक्वएजले गोल गरेका थिए । सेल्टाले भने थपिएको अतिरिक्त समयमा गोल फर्काएको हो ।