कश्मीर घाटीमा ल्यान्डलाइन फोन र जम्मूका पाँच जिल्लामा इन्टरनेट शुरु
भारत प्रशासित कश्मीरमा शनिबारदेखि फोन सेवा आंशिक रुपमा शुरु गरिएको छ । त्यहाँ १२ दिनदेखि सञ्चार सम्पर्क विच्छेद गरिएको थियो ।
जम्मूका पाँच जिल्लामा २ जी स्पीडको इन्टरनेट सेवा शुरु गरिएको छ भने कश्मीर घाटीमा आंशिक ल्यान्डलाइन फोन सेवा शुरु गरिएको छ । त्यहाँ अझै पूर्ण रूपमा सेवा सुचारु गरिएको छैन । आइतबार साँझसम्म सबै टेलिफोन लाइनहरू सुचारु गरिने पनि बताइएको छ ।
जम्मू क्षेत्रका जम्मू, रियासी, साँवा, कठुवा र उधमपुर जिल्लामा २ जी इन्टरनेट शुरु गरिएको छ । मुस्लिम बहुल क्षेत्र राजौरी, पुंछ, किश्तवाड, डोडा र रामवन जिल्लामा अझै सेवा शुरु भएको छैन । सोमबारदेखि स्कूलहरू पनि खुला गरिने बताइएको छ ।