थप समाचारशनिबार, ३२ श्रावण , २०७६

भारतीय प्रधानमन्त्री मोदी भूटान भ्रमणमा

हिमालखबर

दुई दिने औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार भूटान पुगेका छन् ।

पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भूटानबाट शुरु गरेका मोदीले दोस्रो कार्यकालमा पनि भूटानको भ्रमण गरेका हुन्।

भूटानको जलस्रोतमा भारतीय लगानी बढिरहेको छ । यसपालि पनि जलस्रोत, सञ्चार लगायत क्षेत्रमा दुई देशबीच सम्झौता हुन सक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस