पहिलो खेलमै बार्सिलोना पराजित
ला लिगाको पहिलो खेलमै बार्सिलोना पराजित भएको छ । शुक्रबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओसँग बार्सिलोना १–० गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोना लिओनल मेस्सी र फिलिप काउटिन्हो विना नै मैदान उत्रिएको थियो । राम्रो पोजिसन बनाएपनि वैकल्पिक खेलाडी भनेर मैदान प्रवेश गरेका अडुरिजले ८९औं मिनेटमा गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको बार्सिलोनामा दोस्रो हाफमा पनि कुनै गोल गर्न सकेन ।