चीनले राष्ट्र संघ सुरक्षा परिषद बैठकमा भन्यो– कश्मीरको अवस्था ‘गम्भीर र खतरनाक’
जम्मु–कश्मीरको विशेषाधिकार खारेज भएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठक बसेको छ । बैठकमा चीनले कश्मीरको अवस्था गम्भीर र खतरापूर्ण रहेको जनाएको छ ।
बैठकमा चिनियाँ प्रतिनिधिले भारतले गलत गरेको धारणा राखेका छन् । भारतले ५ अगष्टमा संविधानको धारा ३७० र ३५ (ए) खारेज गरेपछि अवस्था गम्भीर बन्दै गएको चीनले तर्क गरेको छ ।
भारतले जम्मु–कश्मीरबारे लिएको नीतिले बहुपक्षीय सम्झौता तोडेको समेत निष्कर्ष निकालेको छ । पाकिस्तानको आवेदनपछि सुरक्षा परिषदको बैठक बसेको हो ।