शरणार्थी कपको फाइनलमा सिएफसी कतार
आयोजक फेन्स क्लब भुटानलाई हराउँदै सिएफसी कतार झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कपको फाईनलमा प्रवेश गरेको छ ।
उत्तरी दमकको दुम्से खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाईनलमा आयोजक फेन्स क्लब भूटानलाई कतार सिएफसीले शून्यका बिरुद्ध एक गोलले हरायो ।
३० मंसीरमा हुने अर्काे सेमिफाईनल खेलमा भारतको रोयल क्लब र काँकडभिट्टा ट्रेनिङ्ग सेन्टर टिम भिडदैछन् ।
२५ मंसीरमा शुरु प्रतियोगितामा नेपाल, भारत, भुटानका शरणाार्थी टोली र कतारको समेत गरी ८ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल २ पुषमा हुँदैछ ।
अमेरिका, क्यानाडा, अष्ट्रेलिया समेत आठ पश्चिमी मुलुक पुनर्वास भएका भुटानीहरुको समेत सहयोगमा भइरहेको सो प्रतियागिताको कुल खर्च करिब
रु २२ लाख रहेको आयोजक फेन्स क्लवका अध्यक्ष युवराज साम्पाङले बताएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले रु १ लाख २ हजार १६, द्वितीय हुनेले रु ६२ हजार १६ नगद पुरस्कार प्राप्त गर्नेछन् ।