प्रहरी कार्यालय अगाडि रवि लामिछानेका समर्थकहरूको प्रदर्शन (तस्वीरहरू)
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई चितवन लगिएको छ ।
बिहीबार काठमाडौंबाट चितवन लगिएका तीनै जनामाथि अनुसन्धान भइरहेको छ । तर, लामिछानेका समर्थकहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
उनीहरुले रवि लामिछानेलाई फसाइएको भन्दै रिहाइको माग समेत गरेका थिए ।