खेलकुदशुक्रबार, ३१ श्रावण , २०७६

आजदेखि ला लिगा, मेसी खेल्ने संभावना न्यून

हिमालखबर

स्पेनिस ला लिगा खेल शुक्रबारदेखि शुरु हुँदैछ । खेलको पहिलो दिन नै बलियो टीमहरुबीच प्रतिश्पर्धा हुँदेछ ।

नेपाली समयअनुसार राति पौन एक बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना र अर्का बलियो टीम एथ्लेटिक बिल्बाओबीच प्रतिश्पर्धा हुनेछ । यी दुवै क्लब अहिलेसम्म रेलिगेसनमा परेका छैनन् ।

तर, शुक्रबारको खेलमा स्टार खेलाडी लियोनल मेसीले खेल्ने संभावना न्यून छ । तालिमका बेला भएको चोट ठीक नभएकाले मेसीले पहिलो खेल नै गुमाउने संभावना छ ।

एथ्लेटिक यस पटक आफ्ना पुरानै खेलाडीहरु लिएर मैदानमा उत्रिदैछ । बार्सिलोना भने टीमलाई अझ बलियो बनाउने तयारीमा छ । उसले ग्रिजम्इान, फ्रेकी डी जोङजस्ता खेलाडीलाई टीममा भित्र्याइसकेको छ भने अरु खेलाडी पनि थप्ने तयारीमा छ ।

प्रतिकृया दिनुहोस