अफगानिस्तानविरुद्ध नेपालकाे ‘क्लिन स्वीप’
एसियन सेन्ट्रल जोन भलिबलको तयारी अन्तर्गत अफगानिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा नेपालले क्लिन स्वीप गरेको छ । दुवै खेल आफ्नो पक्षमा पार्दै अफगानिस्तानविरुद्ध क्लिन स्वीप गर्न सफल भएको हो ।
पहिलो दिन बुधबार तीन दुईको सेटमा जित निकाले नेपालले आज (बिहीबार) पनि तीन दुईकै सेटमा जित निकालेको हो । दुवै दिन नेपालले पहिलो दुई सेट गुमाउने तर, रोमाञ्चक कमब्याक गर्दै जित निकाल्यो ।
नेपालले अफगानिस्तानविरुद्ध २५–२२ र २५–१५ ले पहिलो दुई सेट गुमाए पनि २६–२४, २६–२४ र २६–२४ ले जित निकाल्दै नेपालले क्लिन स्वीप गर्न सफल भएको हो । आगामी २ भदौदेखि प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगितामा सात देशबीच प्रतिश्पर्धा हुँदैछ ।