हङकङमा प्रदर्शन तीव्र बन्दै, सीमामा चिनियाँ सेनाको परेड
हङकङमा लोकतन्त्र समर्थकहरूको प्रदर्शन तीव्र बन्दै गएपछि हङकङ र चीनको सीमा क्षेत्रमा ठूलो संख्यामा चिनियाँ सेनाले परेड गरेको समाचारमा बताइएको छ ।
बिहीबार हङकङको सीमा क्षेत्रमा ठूलो संख्यामा रहेको चिनियाँ सेनाले हतियार सहित परेड गरेको बताइएको छ ।
यस बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले मंगलबार नै बताएको थिए । उनले बताएका थिए, “हाम्रो इंटिलिजेन्सले बताएको छ कि चीन सरकारले हङकङको सीमातर्फ सेना बढाइरहेको छ । सबै शान्त र सुरक्षित रहून् ।”
चीन र हङकङको सीमामा भएको यस्तो गतिविधिले चीनले कडा कदम उठाउन सक्ने बताइएको छ ।
यस बारे राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, “मलाई थाहा छ, चीनका राष्ट्रपति सी जिनपिङ असल नेता हुन् । उनको मनमा जनता प्रति सम्मान छ ।
कठिन निर्णयका बेलामा पनि उनले संयमबाट काम गर्छन् । मलाई उनले हङकङ समस्या मानवीय तरीकाले समाधान गर्छन् भन्ने कुरामा कुनै शंका छैन ।”
हङकङमा सुपुर्दगी सम्बन्धी कानूनलाई लिएर शुरु भएको आन्दोलन तीव्र बन्दै गएको छ ।