भारत–पाकिस्तानबीच युद्ध भए शक्ति राष्ट्र जिम्मेवारः प्रधानमन्त्री इमरान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।
कश्मीर प्रकरणमा संयुक्त राष्ट्र संघको प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरु विफल भएको बताए ।
पाकिस्तानको स्वतन्त्रता दिवसमा कश्मीर पुगेका प्रधानमन्त्री खानले भारतीय कदमलाई ठूलो रणनीतिक त्रुटि भएको बताएका छन् ।
भारतको संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आखिरी कार्ड खेलेको र यो हिटलरको नाजीका निम्ति फाइनल सोल्युशनजस्तै भएको प्रतिक्रिया प्रधानमन्त्री खानले दिएका छन् ।