सुपर कपको उपाधि भिडन्तकाे रेफ्री महिला, चेल्सी र लिभरपुल स्पर्धामा
यूईएफए सुपर कपको उपाधि खेलमा चर्चित इंग्लिस क्लब चेल्सी र लिभरपुलबीच हुँदैछ । सुपर कपको फाइन त्यसै पनि रोचक त हुने नै छ । अझ चेल्सी र लिभरपुल आमने–सामने हुँदा दर्शक बढी हुने नै भए ।
आज (बुधबार) राति हुने फाइनल खेलमा अझ रोचक पक्ष पनि थपिएको छ । किनभने, यस पटकको फाइनल खेल महिला रेफ्रीले खेलाउने छिन् । पुरुष फुटबलमा महिला रेफ्रीलाई पक्कै चुनौती हुनेछ । तर, निर्णायकको जिम्मेवारी स्टेफेनी फ्रापार्टलाई दिइएको छ ।
१८ वर्षकै उमेरमा खेल जीवन छोडेर रेफ्री लाइन समातेकी स्टेफेनीले महिला विश्वकप खेलाइसकेकी छन् । सन् २००१ मा पहिलो पटक रेफ्रीको भूमिकामा देखा परेकी ३५ वर्षीय स्टेफेनीका लागि सुपर कपको फाइनल अर्को सफलता हुनेछन् ।