थप समाचारबुधबार, २९ श्रावण , २०७६

प्रहरी बल प्रयोग गरी खुलाइयो हङकङ विमानस्थल

हिमालखबर

दुई दिनदेखि अवरुद्ध हङकङ विमानस्थल प्रहरी बल प्रयोग गरेर खुलाइएको छ । प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोगमार्फत विमानस्थलबाट हटाएको हो ।
प्रदर्शनकारी हटाइएपछि विमानस्थल सञ्चालनमा आएको छ । चार दिनदेखि प्रदर्शन भइरहेको विमानस्थलबाट दुई दिन यता पनि सवै उडान रोकिएको थियो ।

विश्वकै व्यस्त मध्यको हङकङ विमानस्थलबाट प्रदर्शनकारी हटाएपछि नियमित उडान शुरु भएको छ । तर, सुरक्षा व्यवस्था भने कडा पारिएको छ । हङकङ सरकारले ल्याएको सुपुर्दगी विधेयक फिर्ताको माग राख्दै प्रदर्शन भएको थियो ।

प्रदर्शनपछि विधेयक फिर्ता लिइएपनि प्रदर्शनकारीले मन्त्रीकै राजीनामा माग्दै विमानस्थल अवरुद्ध गरेका थिए ।

विरोध प्रदर्शनका कारण हङकङको विमानस्थलमा उडान बन्द

 

प्रतिकृया दिनुहोस