थप समाचारबुधबार, २९ श्रावण , २०७६

जम्मु–कश्मीरको प्रतिबन्ध केही खुकुलो, उच्च सुरक्षा सतर्कता कायमै

हिमालखबर

संविधानको धारा ३७० र ३५ (ए) खारेज गर्दै जम्मु–कश्मीरमाथि लगाएको प्रतिबन्ध १० दिनपछि भारत सरकारले केही खुकुलो बनाएको छ ।

जम्मु–कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गर्ने निर्णयलगत्तै भारतले त्यहाँ कफ्र्यू र सञ्चार सुविधा खोसेको थियो ।

तर, बिस्तारै अवस्था सामान्य बन्दै गएकाले प्रतिबन्ध केही खुकुलो बनाइएको कश्मीरका प्रमुख सचिव कन्सालले जनाएका छन् । बजार, यातायात, शिक्षण संस्थालगायत खुल्न थालेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरक्षा सतर्कता भने उच्च राखिएको छ ।

प्रतिकृया दिनुहोस