सन्दीप लामिछाने ट्रेन्डिङ नम्बर वान
अमेरिकी दूतावासले नेपाल क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत गरेको खबर मंगलबार दिनभर चर्चामा रह्यो ।
जब, सन्दीपले अमेरिकी दूतावासले भिसा अस्वीकृत गरिदिएकोमा आश्चार्य मान्दै ट्वीट गरे ।
यसपछि नेपाली आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा प्रमुख विषय बन्यो । सामाजिक सञ्जालमा त क्रिकेट समर्थक, सन्दीपका फ्यान र नेपालीहरु इति धेरै खनिए कि सन्दीपलाई दूतावासले फेरि बोलायो र भिसा दियो ।
यही प्रकरण ट्वीटरको ट्रेण्डिङ नम्बर वानमा परेको छ ।