मेसीलाई नेपालसँग जोड्ने एक सुपर स्टार अस्ताएको दिन
अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीका समर्थक विश्वभर छन् । मेसी आफैमा फुटवल दुनियाँका सुपर स्टार हुन् ।
नेपालमा पनि उनका समर्थक कम छैनन् । मेसीलाई विश्वले मन पराएको र फुटवलका जादुर भएकाले मात्रै होइन, अर्जेन्टिनासँगको आत्मीय सम्बन्ध भएर पनि मेसीका समर्थक धेरै छन्, नेपालमा ।
यसको थालनी सन् १९८६ को विश्वकप फुटवलको उपाधि अर्जेन्टिनाले जितेबाटै हो । जर्मनीलाई ३–२ गोल अन्तरले जर्मनी (तत्कालीन वेष्ट जर्मन) लाई फाइनलमा हराएपछि म्याराडोनाको अभिव्यक्तिले नेपालीको मन अर्जेन्टिनातिर तानिएको थियो ।
म्याराडोनाले फुटबलमा गोर्खाली नभएकाले हामीले विश्वकप जित्यौ भनेर दिएको अभिव्यक्ति नेपालीले पनि पहिलो पटक टेलिभिजनबाट हेर्न पाएका थिए । किनभने, त्यही पटकको विश्वकप फुटवलबाटै नेपालीले विश्वकप फुटबल टेलिभजिनबाट हेर्न थालेका थिए ।
तर, त्यस पटक धेरैले म्याराडोनालाई मात्रै राम्ररी चिने । अनि म्याराडोनाको जर्सी नम्बर दश लगाएका मेसीलाई मन पराइरहेका छन् ।
आज मेसी र म्याराडोना धेरै नेपालीको मनमा आउँछन् । मेसी अर्कै कुरा भए । तर, म्याराडोनासँगै अर्का स्टार पनि सन् १९८६ को विश्वबाटै उदाएका थिए । जो, अस्ताएका छन् । उनी थिए– जोस लुइस् ब्रोन अर्थात् काका । फुटबल दुनियाँले काका भनेर चिनेका जोस म्याराडोनासँगै खेले । अर्जेन्टिनालाई विश्वकप जिताए पनि ।
तिनै जोसको ६२ वर्षको उमेरमा निधन भएको छ । जोस अल्जाइमर्स रोगबाट ग्रसित थिए । अर्जेन्टिनाका लागि ३६ खेल खेले र सन् १९८६ को विश्वकपबाट चर्चित बने, जोस ।
संयोग, म्याराडोनाको चात्मकारिक गोल, विश्वकप अर्जेन्टिनाले जित्नु र वैकल्पिक खेलाडी बनेर जोसले डेब्यू गर्नु ।
मंगलबारको गुगल सर्चले त्यसलाई प्रमाणित गरिसके कि जोस कुन तहका खेलाडी हुन् भनेर । त्यसैले आज जोसको निधनमा विश्व दुनियाँले एउटा तारा अस्ताएका रुपमा श्रद्धाञ्जलि दिइरहेका छन् ।